बेलबारी गोल्डकपमा झापा–११ च्याम्पियन

मोरङ | कात्तिक ११, २०८१

बेलबारी गोल्डकपमा झापा–११ च्याम्पियन

मोरङको बेलबारीमा जारी सातौँ आरजु राइस बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि झापा–११ फुटबल क्लबले जितेको छ ।

 

शनिबार बेलारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेलमैदानमा भएको फाइनल खेलमा टाइब्रेकरमा सलहेस फुटबल क्लब सिराहालाई ५–३ गोलअन्तरले हराउँदै झापाले उपाधि जितेको हो । उपाधिसँगै झापा–११ ले रु आठ लाख नगदसहित ट्रफी जितेको छ ।

 

यस्तै उपविजेता सलहेस फुटबल क्लब सिराहाले रु चार लाख नगदसहित ट्रफी प्राप्त गरेको छ ।

 

झापा–११ का लागि दिनेश उराव, अभिषेक गुरुङ, शौरभ लिम्बू, उत्सव राई र देवेन्द्र तामाङ तथा सलहेशका लागि राम थापा, आदित्य शाक्य र विप्लव गुरुङले गोल गरेका थिए । सलहेशका समीर तामाङको प्रहार झापाका गोलरक्षक सन्दीप लिम्बूले गोल हुनबाट बचाएका थिए ।

 

फाइनल खेलमा मध्यान्तरअघि दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । मध्यान्तरपछिको खेलको ५०औँ मिनेटमा सलहेश फुटबल क्लबका अजयी मार्टिनले गोल गर्दै आफ्नो टोलीलाई १–० को अग्रता दिलाएका थिए ।

 

यस्तै खेलको ७१औँं मिनेटमा झापाका प्रदीप बुढाथोकीले जवाफी गोल गर्दै खेल बराबरीमा पुर्याए ।

 

निर्धारित समयमा दुवै टोलीले थप गोल गर्न नसकेपछि जित हारको निर्णय टाइब्रेकरबाट गरिएको हो ।

 

फाइनल खेलको म्यान अफ दी म्याच अभिषेक गुरुङ घोषित भए । उनले नगद रु पाँच हजारसहित ट्रफी प्राप्त गरे । झापाका सन्दीप लिम्बू उत्कृष्ट गोलरक्षक, उत्सव राई उत्कृष्ट मिडफिल्डर, सन्तोष गुरुङ उत्कृष्ट प्रशिक्षक र देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी घोषित भए ।

 

तामाङले रु १० हजार नगदसहित ट्रफी र अन्य खेलाडीले जनही रु सात हजार नगद तथा ट्रफी प्राप्त गरे । यस्तै सलहेश फुटबल क्लबका अजयी मार्टिनले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरे । उनले खेल अवधिभर पाँच गोल गरेका थिए ।

 

सलहेशका समीर तामाङले उत्कृष्ट फरर्वाडको उपाधिसँगै रु सात हजार नगद र ट्रफी प्राप्त गरे ।

 

विजयी खेलाडीलाई कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, कोशी प्रदेशका प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदी र मानबहादुर लिम्बू, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई र एन्फाका कोशी प्रदेश अध्यक्ष किशोर राईलगायतले ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरेका थिए । उक्त प्रतियोगिता यही कात्तिक २ गतेदेखि सुरु भएको थियो ।

काठमाडौं:  बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ ।  कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

थप पढ्नुहोस्

पोखरा:   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् ।  रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

थप पढ्नुहोस्